२०८३ साउन ९ शनिबार

तानिने डरले ‘सुन तस्कर’को भागाभाग

ई आर्थिक    शनिबार, माघ २९ २०७३
4.6K
Shares
तानिने डरले ‘सुन तस्कर’को भागाभाग

२९ माघ, काठमाडौं । सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छोड्न थालेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यावसायीले घर छाडेका हुन् ।

३३ किलो सुनसहित समातिएका भरियामाथि अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘पक्राउ परेकाको बयानका आधारमा पाँचजना व्यावसायीको नाम खुलेको छ। तर उनीहरुलाई समाउन सकिएको छैन ।’

उनका अनुसार नाम जोडिएका व्यावसायीको नियमित निगरानी गरिए पनि उनीहरू केही समययता घरमा छैनन्। आरोपितमध्ये केही ठूला व्यावसायी रहेको प्रहरीको दाबी छ ।

सुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानबिन गरिरहेको छ। ‘पाँचजना भरियाको परिचय खुलेको छ। तर उनीहरू कोही पनि नेपालमा रहेको बुझिएको छैन’, स्रोतले जानकारी दियो। सीआईबीले विदेशमा समेत उनीहरूको खोजी गरिरहेको छ ।

यसैबीच सीआईबीले सुन तस्करीमा पक्राउ परेकामध्ये वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीबाहेकसँग बयान लिइसकेको छ। निलम्बित एसएसपी खत्रीसँग बयान लिने काम भइरहेको सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले जानकारी दिए ।

सीआईबी टोलीले पुस २१ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३३ केजी सुनसहित तीनजना भरियालाई नियन्त्रणमा लिएको थियो ।

अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij