२०८३ साउन ११ सोमबार

भिबोर र लुम्बिनी एक आपसमा गाभिदै

ई आर्थिक    बुधबार, माघ २६ २०७३
5K
Shares
भिबोर र लुम्बिनी एक आपसमा गाभिदै

२६ माघ, काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी एक आपसमा गाभ्ने र गाभिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार आयोजित उक्त कार्यक्रममा भिबोरका अध्यक्ष सुशीलराज पराजुली र लुम्बिनीका अध्यक्ष चिन्तामणि भट्टराईले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे ।

नेपाल राष्ट्र बैंकबाट निर्दिष्ट चुक्ता पुँजी पूरा गर्दै बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यका साथ समझदारी भएको बैंकले जनाएको छ ।

दुवै संस्था मर्जपश्चात् चुक्ता पुँजी २ अर्ब ३७ करोड, निक्षेप १७ अर्ब, कर्जा १५ अर्ब रुपैयाँ तथा शाखा संख्या ४९ पुग्नेछ ।

मर्जपश्चात् बन्ने विकास बैंकको नाम लुम्बिनी विकास बैंक लिमिटेड रहनेछ भने अध्यक्षमा भिबोरका हालका अध्यक्ष सुशीलराज पराजुली रहने भएका छन् ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा भिबोरका हलका सीईओ झलकप्रसाद खनाल नै रहने सहमति भएको दुवै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij