२४ माघ, रौतहट । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहट जिल्लाको गरुडा बजारमा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नती गरी आजदेखि आफ्नो ४५औ शाखा कार्यालयको रुपमा रुपान्तरण गरी बैंकिङ कारोबार शुभारम्भ गरेको छ ।
उक्त एक्सटेन्सन काउण्टरको शाखामा स्तरोन्नती भएपश्चात साविकमा प्रदान गर्ने गरिएको सिमित बैंकिङ कारोबारको अलावा त्यस भेगका जनताले सामान्यतः सबै प्रकारका बैंकिङ्ग सेवा उच्चस्तरीय एवं सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ब्द्यद्यक्सेवा, रेमिटान्स सेवा र मोबाइल बैंकिङ सेवा लगायतका सम्पूर्ण सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै जाने बैंकले जनाएको छ । कुल ४५ वटा शाखा सञ्जाल र १२ वटा एटीएमबाट बैंकले आफ्नो बैकिङ् सेवाप्रदान गर्दै आएको छ ।