२०८३ साउन ९ शनिबार

भारतीय मुद्राबन्दीले नेपाललाई असर पारेनः विज्ञहरु

ई आर्थिक    आइतबार, माघ २३ २०७३
3.4K
Shares
भारतीय मुद्राबन्दीले नेपाललाई असर पारेनः विज्ञहरु

२२ माघ, काठमाडौँ । भारतीय मुद्राको प्रभावका कारण नेपालमा खासै असर नपारेको सरोकारवालाले बताएका छन् ।

प्रेसिडेन्टल विजनेस स्कुलले यहाँ आज ‘भारतीय मुद्राको प्रभाव र नेपालमा असर’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले मुद्राबन्दीका कारण नेपालमा सीमाक्षेत्रमा केही असर पारे पनि ठूलै हलचल ल्याउने खालको प्रभाव नपारेको स्पष्ट पारेका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भारतीय पाँचसय र हजारका नोटको प्रतिबन्धले बाहिर बजारमा आएको हल्लाजस्तो प्रभाव नभएको बताउनुभयो । उहाँले भारतीय सीमा बजारमा केही प्रभाव पारेपनि नेपालको समग्र मौद्रिक क्षेत्रमा केही असर नपारेको प्रष्ट पार्दै नोटको प्रतिबन्धले हुन्डीजस्ता कारोबारलाई निरुत्साहित गरेको धारणा राख्नुभयो ।

“नोट प्रतिबन्धका कारण भारतीय व्यापारीसँग नेपालीले अब नेपाली रुपैयाँमा नै कारोबार गर्नुपर्दछ भन्ने चेत खुलेको छ”– उहाँले भन्नुभयो, “रुपियाँको सट्टा अब ‘कार्ड’ मार्फत् कारोबार गर्नुपर्दछ ।” डेपुटी गभर्नर शिवाकोटीले भारतीय नोटमा प्रतिबन्धपछि एक अर्बको भारतीय नोट राष्ट्र बैंकले ल्याइसकेको बताउँदै थप एक अर्ब ल्याउने प्रयास जारी रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा बैंकका पूर्वगभर्नर डा युवराज खतिवडाले भारतले एक्कासी मौद्रिक नीतिमा परिवर्तन गरेर आफ्नो मुद्राप्रति अविश्वास ल्याउने काम गरेको धारणा राख्नुभयो । उहाँले पनि भारतीय मौद्रिक नीतिमा परिवर्तन हँुदा नेपाली बजारमा कुनै हलचल नल्याएको दाबी गर्नुभयो ।

“हामीले पनि रु एक र दुईका नोट हटाएका छाँै”– उहाँले भन्नुभयो, “तर कुनै हल्लीखल्ली गरेनौँ । तर भारतले आकस्मिकरुपमा पाँचसय र हजारका नोट प्रतिबन्ध लगायो । यो राम्रो होइन । दक्षिण एसियामा भारतीय मुद्राको विश्वास खस्केको छ ।” उहाँले भारतीयसँग कारोबार गर्दा अब इलेक्ट्रोनिक प्रणालीबाट कारोबार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले भारतीय मौद्रिक नीतिमा परिवर्तनले नेपालमा खासै प्रभाव नपारे पनि अब भारतसँग कारोबार गर्दा सचेत हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij