२०८३ भाद्र २६ शुक्रबार

सीके राउतलाई १० दिन थुनामा राख्न अदालतको अनुमती

ई आर्थिक    शुक्रबार, माघ २१ २०७३
7.4K
Shares
सीके राउतलाई १० दिन थुनामा राख्न अदालतको अनुमती

२१ माघ, काठमाडौं । बिहीबार जनकपुरबाट पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत)लाई १० दिन थुनामा राख्न जिल्ला अदालत सिराहाले म्याद दिएको छ ।

राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको इलाका प्रहरी कार्यलय लाहानका डीएसपी राजकुमार केसीले बताए ।

राज्यहित विपरित विखण्डनको नारा दिएर संगठन र आपराधिक गतिबिधिमा संलग्न रहेको भन्दै राउत पटक पटक पक्राउ पर्दै आएका छन् । यसअघि पनि राज्य विरुद्धको अपराधमा विषेश अदालतमा मुद्दा चलाएपनि उनी छुटेका थिए । यो पटक भने संगठित अपराधमा मुद्धा चलाइने भएको छ ।

संगठित अपराध अन्र्तगतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।

राउतविरुद्ध इलाका प्रहरी कार्यलय लहानले नै मुद्धा दायर गरेकोले त्यहीँको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij