२०८३ साउन ९ शनिबार

हतियार उत्पादन बढाउन सुरक्षाविद्को सुझाव

ई आर्थिक    शुक्रबार, माघ २१ २०७३
5.6K
Shares
हतियार उत्पादन बढाउन सुरक्षाविद्को सुझाव

२१ माघ, काठमाडौं ।  नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन् ।

सेनालाई व्यवसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरूयोजना सिफारिस गर्दै उनीहरुले तत्काल सैनिक संख्या भने नबढाउन भनेका छन् । नेपाली सेनाको पुनः ढाँचा तथा सुदृढिकरण गर्न रक्षा मन्त्रालयद्वारा पूर्व कामु रक्षासचिव देवेन्द्र सिटौला संयोजकत्वमा गठित सिफारिस समितिले बिहीबार रक्षामन्त्री बालकृष्ण खाँड समक्ष सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

सैन्य सामाग्री आयात कम गर्दै उत्पादन बृद्धि गर्न समितिको सिफारिस छ। नेपाली सेनाले रक्षा मन्त्रालयको अनुमतिमा आवश्यक हातहतियार, गोलीगट्ठा तथा अन्य सैन्य सामाग्री भारतलगायत देशबाट खरिद गर्दै आएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij