२०८३ साउन १० आइतबार

सीके राउत जनकपुरबाट पक्राउ, राज्य विप्लवको मुद्दा लगाउने तयारी

ई आर्थिक    बिहिबार, माघ २० २०७३
8.9K
Shares
सीके राउत जनकपुरबाट पक्राउ, राज्य विप्लवको मुद्दा लगाउने तयारी

२० माघ, काठमाडौं । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई जनकपुरमा प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो ।

सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेका थिए र देश टुक्राउने अभिव्यक्ति दिएका थिए ।

यो घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको छ । सिरहा प्रहरीकै आग्रहमा राउतलाई पक्राउ गरिएको जनकपुर प्रहरीले जनाएको छ । पक्राउ गरेलगत्तै उनलाई सिरहा पठाइएको छ ।

स्रोतका अनुसार राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी छ । यो मुद्दा चलाउन काठमाडौंस्थित विशेष अदालत ल्याउनुपर्छ ।

राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर, धरौटीमा छुटेका थिए ।

राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजाय हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij