२०८३ भाद्र २७ शनिबार

सरकार निर्वाचनबाट भाग्न खोजेको छ– नेता ओली

ई आर्थिक    बुधबार, माघ ५ २०७३
9.4K
Shares
सरकार निर्वाचनबाट भाग्न खोजेको छ– नेता ओली

५ माघ, विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकवर्षभित्र तीनवटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार निर्वाचनबाट भाग्न खोजेकाले संविधान कार्यान्वयनमा समेत समस्या सिर्जना भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचनका लागि ल्याइएको ऐनसमेत सरकारले समितिमा पठाएर निर्वाचनको वातावरण बिथोल्न खोजेको आरोप लगाउनुभयो ।

छोटो समय भएकाले स्थानीय निकायका नाममा नअल्मलिन आग्रह गर्दै उहाँले स्थानीय तहको नै निर्वाचन हुनुपर्ने र तत्काल चुनावको मिति घोषणा हुनुपर्ने माग गर्नुभयो ।

अध्यक्ष ओलीले दलहरुबीच सहमतिको बिन्दु निर्वाचन मात्रै रहेको भन्दै जसरी भए पनि निर्धारित समयमै निर्वाचन गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij