२०८३ साउन ११ सोमबार

नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ, दुई दिनमा ७ अर्ब ६४ करोड, आइतबारसम्म कति थपिएला ?

ई आर्थिक    शुक्रबार, पौस २९ २०७३
6.8K
Shares
नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ, दुई दिनमा  ७ अर्ब ६४ करोड, आइतबारसम्म कति थपिएला ?

काठमाडाैं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्बसाधारणको लागि निष्काशन गरेको आईपीओमा दुई ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । निष्काशन गरेको अनुपातमा यो १ दशमलब ७३ गुणाले बढी हो । कम्पनीका अनुसार सेयर आवेदन बन्द हुने दिन चाँडोमा माघ २ गतेसम्म छ । आईतबारसम्म कति आवदेन पर्ने हो त्यो भने हेर्न बाँकी छ ।
नेपाल लाइफ इन्स्योरेन्सको यो एफपीओलाई प्रतिफलयुक्त सेयर मानिएको छ । कम्पनीले साधारण सेयरहरुको थप सार्वजानिक निष्काशन एफपीओ (फर्दर पब्लिक इस्यू) तथा विक्री खुलाएको हो ।
लामो समय देखि चर्चामा रहेको यो एफपीओ केही समय अघि नै निष्काशनको तयारी भएको थियो । विविध प्रक्रियाका बाबजुद बल्ल निष्काशन गरेको थियो ।
पछिल्लो लगानीको लागि यो महत्वपूर्ण अवसर पनि हो । १४२५ रुपैयाँमा एक कित्ता भर्न सकिने उक्त एफपीओ परे निष्काशन भएको अघिल्लो कारोबारको आधार मान्ने हो भने पनि २८८० रुपैयाँसम्ममा बेच्न सकिन्छ । जुन प्रतिफललाई उचित मान्न सकिन्छ । अझ् यो घटेको समय हो । सेयर बजार बढेको समयमा यसको मूल्य तीन हजार भन्दा जहिले बढी थियो ।
कम्पनीले एक सय फेस भ्यालुमा १३२५ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गरेको हो ।

प्रति कित्ता १४२५ रुपैयाँका दरले ३० लाख ९६ हजार ४ सय २९ कित्ता सर्वसाधारणको लागि विक्री खुलाएको हो । पुस २७ गतेदेखि बिक्री खुला गरेको यो एफपीओमा छिटोमा माघ २ गतेसम्म आवेदन गर्न सकिनेछ । सर्वाधिक चासोको एफपीओ भएकाले छिटो समय माघ २ गते भित्रै बन्द हुने कम्पनीको अनुमान छ ।
यसको लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले जिम्मा पाएको छ । लगानीकर्ताले न्युनतम १० कित्ता अर्थात चौध हजार २ सय ५० रुपैयाँ र अधिकतम ३० हजार ९६० कित्ता अर्थात चार करोड ४१ लाख १८ हजार रुपैयाँसम्म आवेदन गर्न पाउनेछन् ।
उक्त सेयरका लागि सिद्धार्थ क्यापिटल लिमिटेड अनामनगरका साथै नेपाल लाइफको काठमाडौ शाखा हेरिटेज प्लाज तथा सिद्धार्थ बैंकका सबै शाखा कार्यालय मार्फत आवेदन भरि बुझाउन सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी भिबोर क्यापिटल मानभवन, ललितपुर, लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, एनआईबिएल क्यापिटल लाजिम्पाट, कृति क्यापिटल सुन्धारा, काठमाडौ क्यापिटल कमलादी, एस क्यापिटल, लालदरबार मार्ग, सिबिआईएल क्यापिटल, आइसीएफसी फाइनान्स भाटभटेनी तथा शाखाहरु, ग्लोबल आइएमई क्यापिटल जमल, तिनाउ विकास बैंक बुटवल, पूर्णिमा विकास बैंक भैरहवा, अरनिको डेभलपमेन्ट बैंक, धुलिखेल, काभ्रे, कन्काई विकास बैंक दमक तथा शाखा कार्यालयहरु, सेन्ट्रल फाइनान्स कुपण्डोल, साँग्रीला डेभलपमेन्ट बैंक बालुवाटार तथा शाखाहरु, गुडबील फाइनान्स हात्तिसार तथा शाखाहरु, यति डेभलपमेन्ट बैंक दरबारमार्ग तथा शाखाहरु र रिलायबल डेभलपमेन्ट ठमेल शाखाबाट भर्न सकिने व्यवस्था मिलाइएको छ ।
उपत्यका बाहिरका साथै उपत्यकाका धेरै स्थानबाट फर्म भर्न सकिने व्यवस्था मिलाइएकाले आवेदकलाई सजिलो हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij