२०८३ साउन ९ शनिबार

वर्सेनि जम्मा हुने ९० अर्ब रुपैयाँ बराबरको ‘कालोधन’ कहाँ जान्छ ?

ई आर्थिक    बुधबार, पौस २७ २०७३
7.3K
Shares
वर्सेनि जम्मा हुने ९० अर्ब रुपैयाँ बराबरको ‘कालोधन’ कहाँ जान्छ ?

२७ पुस, काठमाडौं । नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ। उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ ।

सम्पत्ति शुद्धिकरणको विश्वव्यापी नियमअनुसार राजनीतिक प्रभाव भएका उच्च पदस्थ अधिकारीको आर्थिक कारोबार बित्तीय सूचना एकाइको जानकारीमा रहनुपर्नेमा नेपालमा सर्वसाधारणकै शंकास्पद आर्थिक कारोबार समेत एकाइको सूचना पहुँचमा छैन ।सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारहरुबाट हुने आम्दानी नै शुद्धिकरणको उच्च जोखिममा छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका उच्चपदस्थ अधिकारी र राजनीतिक प्रभाव रहेका व्यक्तिको आर्थिक गतिविधि नियामक निकायको निगरानीभन्दा बाहिरै रहँदा यस्तो जोखिम बढेको हो ।देशमा अपराधजन्य क्रियाकलापबाट आर्जित कालोधन शुद्धिकरणका लागि घरजग्गा, सवारीसाधन, सुनचाँदी र सहकारी सजिलो र सुरक्षित स्थान भएको तथ्य बाहिर आएको छ । सरकारले बर्सेनि ९० अर्ब रुपैयाँभन्दा बढी कालोधन जम्मा हुने अनुमान गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij