२०८३ साउन १० आइतबार

पर्यटन व्यवसायी भरत बस्नेत : जसले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको वर्षाैदेखि अगुवाई गरिरहनु भएको छ

ई आर्थिक    बुधबार, पौस २७ २०७३
14.5K
Shares
पर्यटन व्यवसायी भरत बस्नेत : जसले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको वर्षाैदेखि अगुवाई गरिरहनु भएको छ

पर्यटन व्यवसायी भरत बस्नेतले विगत २०५७ सालदेखि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीलाई एउटा अभियानको रुपमा मनाउने कार्यको अगुवाई गर्दै आउनुभएको छ । २०५६ सालसँगै दोस्रो जनआन्दोलन पछिका सरकारले विखण्डित नेपाललाई एकताको सुत्रमा ल्याउने पृथ्वी नारायण शाहको योगदानलाई विर्सदै यो दिवसकाे अपहेलना गर्दै  विदालाई समेत खारेजी गरेका कारणले पनि उहाँको विशेष अभियान सुरु भएको पाइन्छ । राज्यले यो दिवस अपहेलना गरेको कारण नेपालको अस्तित्वसँग जोडिएको यो दिवस अहिले जनस्तरसम्म मात्रै सीमित छ ।

पुस २७ गतेलाई हरेक बर्ष नेपालको राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आइएको छ । विभिन्न बाइसी, चौबीसी राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका राष्ट्र निर्माता तत्कालिन राजा श्री ५ पृथ्वी नारायण शाहको जन्म जयन्तीको अवसरमा उनलाई स्मरण गर्दै यो दिवस मनाइदै आइएको हो । राज्यले उनको योगदानलाई विर्से पनि नेपाललाई एकताको सुत्रमा ल्याउने तिनै राष्ट्र निर्माताको दिव्य उपदेशलाई समेतलाई यतिखेर जनस्तरमा स्मरण गर्ने गरिन्छ ।
पर्यटन व्यवसायी भरत बस्नेतले विगत २०५७ सालदेखि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीलाई एउटा अभियानको रुपमा मनाउने कार्यको अगुवाई गर्दै आउनुभएको छ । २०५६ सालसँगै दोस्रो जनआन्दोलन पछिका सरकारले विखण्डित नेपाललाई एकताको सुत्रमा ल्याउने पृथ्वी नारायण शाह जस्तो महत्वपूर्ण र ऐतिहासिक व्यक्तिको योगदानलाई विर्सदै यो दिवसकाे विदालाई समेत खारेजी गर्दै अपहेलना गरेकाे कारणले पनि उहाँको विशेष अभियान सुरु भएको पाइन्छ । राज्यले यो दिवसकाे विदा खारेजी गरेको कारण नेपालको अस्तित्वसँग जोडिएको यो दिवस अहिले जनस्तरसम्म मात्रै सीमित छ ।
यो दिन आम नेपालीहरु महान पर्व भएको उहाँ बताउनुहुन्छ । ठूलो त्याग र योगदानले एकतामा बाधिएको यो मुलुक विखण्डनको संघारमा पु-याउन लागिएको वर्तमान अवस्थामा अझ् पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्व झन बढिरहेको उहाँको भनाई छ । नेपाल र नेपालीको लागि एउटा सद्भाव, भाइचाराभाब र एकताको सन्देश दिन उहाँको बिचार, दिब्य उपदेश र योगदानलाई अहिले मनन् गर्ने, स्मरण गर्ने र लागू गर्ने हो भने नेपालमा हाल भइरहेको विभिन्न द्वन्द्व समेत समाप्त भई समृद्ध नेपाल हुने उहाँ बताउनु हुन्छ । अहिले जात जातिको नाममा मुलुक विखण्डन तर्फ धकेलि रहेको अवस्था छ । नेपाल चार जात छत्तिस बर्णको साझा फुलबारी हो भन्ने उहाँको उपदेश यतिखेर अत्यन्तै सान्दर्भिक रहेको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिका संयोजक समेत रहनु भएका उहाँले मुलुकलाई बिखण्डन हुनबाट पृथ्बी नारायण शाहका दिब्य उपदेश, जेठो सहिष्णुता, जेठो बिचारलाई अनुसरण र मनन् गर्नु पर्नेमा जोड दिनुभयो ।
नेपालको एकीकरणको प्रेरणाको स्रोत, आम नेपालीको आस्था र ऐतिहासिक व्यक्तिलाई राज्यले उपेक्षा गरेकोमा उहाँ चिन्तित हुनुहुन्छ । आधुनिक नेपाल निर्माणमा उहाँको योगदानलाई विर्सेर राज्यले उहाँलाई अपमान गरिरहेको उहाँको आरोप छ ।
पृथ्बी नारायण शाहले नेपाललाई एकिकरण नगरेको भए विश्व मानचित्रमा नेपाल नाम गरेको देशले आकार पाउँदैनथ्यो । बाइसे चौविसे राज्यलाई एकिकृत गरी सिंगो नेपाल बनाउने कार्यमा चानचुने कुरा थिएन् । यस्तो महान कार्यमा योगदान पु-याउने व्यक्तिलाई राज्यले गरिरहेको उपेक्षा अहिले सर्वसाधारणको बुझाई भन्दा बाहिरको कुरा भइरहेको बस्नेतको बुझाई छ । क्रिसमस जस्तो विदेशी पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिने यो सरकारलाई बस्नेतको प्रश्न छ – ‘के मुलुक विदेशी इशाराबाट चलिरहेको छ ?’
जनताले एकता दिवसको मान्यता दिए पनि राज्यले यस विषयलाई जहिले पनि छलफलको बिषय बनाइ रहेको छ । तर पनि निष्कर्षमा कहिले उदार हुन सकेको देखिदैन । एकता दिबसको पूर्वसन्ध्यामा गरिने अन्तरक्रिया कार्यक्रम र तिनीहरुमा आएका बिचारले पनि यो कुराको पुष्टि गरिरहेको छ ।
यो ऐतिहासिक र महत्वपूर्ण दिवसलाई राज्यले हेर्ने दृष्टिकोणलाई चुनौति दिंदै एकताको सुत्रमा बाध्ने ऐतिहासिक व्यक्तिको स्मरण, यो महान दिन, राष्ट्रिय एकता दिवसलाई सबैले आत्मसाथ गर्न बस्नेतले आव्हान गनुभयो । उहाँका दिब्य उपदेश अनुसरण गर्न गराउन विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भब्य रुपमा सम्पन्न गर्न आम दिवस आयोजक समितिका संयोजक समेत रहनु भएका बस्नेतले नेपालीलाई अनुरोध गर्नुभयो ।
स्वदेशी उत्पादन प्रबर्द्धन उहाँको महान विचारलाई समेत सबैले लागू गरे मुलुक समृद्धितर्फ अगाडि बढ्ने बस्नेत बताउनुहुन्छ ।
भोजन गृहका सञ्चालक बस्नेत एक्सप्लोर नेपाल ग्रुपका अध्यक्ष पनि हुनुहुन्छ । नेपालको बातावरणका क्षेत्रमा समेत विगत लामो समयदेखि विभिन्न कार्य गर्दै आउनुभएको बस्नेतको परिचय थपिएको छ । एकता दिवसमा उहाँको सक्रियताले मुलुक विखण्डनबाट रोक्न जनचेतनाका कार्यमा उहाँको योगदानको कदर आम क्षेत्रबाट हुन थालेको छ । यसले अगुवा पर्यटन व्यवसायी बस्नेतको परिचयलाई समेत अझ फराकिलो बनाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij