२०८३ साउन ९ शनिबार

हुन्डाईको देशभर ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन, टेस्ट ड्राइभ गर्नेलाई हरेक दिन लक्कीड्र मार्फत् मोबाइल फोन

ई आर्थिक    शुक्रबार, माघ ७ २०७३
7.9K
Shares
हुन्डाईको देशभर ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन, टेस्ट ड्राइभ गर्नेलाई हरेक दिन लक्कीड्र मार्फत् मोबाइल फोन

७ माघ, काठमाडौँ । हुन्डाई गाडीको नेपालकालागी आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेसनलले देशभर ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन शुरु गरेको छ ।

बिहीबारदेखि सुरु कार्यक्रम शनिबारसम्म चल्ने छ । ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने उद्देश्यसहित एक्सचेन्ज क्याम्प सञ्चालन गरेको सो कम्पनीले जनाएको छ ।

क्याम्पमा हुन्डाई ब्रान्डका सबै मोडलहरु लागू हुने बताउदै कम्पनीले सट्टापट्टा, नगद छुट, एक वर्षे गाडी बिमा, एक्सचेन्ज बोनस, सडक कर, विशेष ब्याजदरसहित गाडी बिक्री गरिने पनि जनाएको छ ।

कार्यक्रममा एक्सचेन्जका साथै टेस्ट ड्राइभ एण्ड विन र मनोरञ्जनका कार्यक्रम समेटिएको छ । कार्यक्रम अवधिमा टेस्ट ड्राइभ गरेकामध्ये हरेक दिन लक्कीड्र मार्फत् एक जना भाग्यशाली ग्राहकलाई स्यामसुङ ग्यालेक्सीको फोन समेत प्रदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij