आइएमएस समूह अन्तर्गत आइएमएस मोटर्सले साङयोङ गाडीको नयाँ शोरुम नक्सालमा स्थापना गरेको छ । दक्षिण कोरियामा निर्मित उक्त गाडिको नेपालकालागि दक्षिण कोरियाका राजदुत चो योङ जीन र आइएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले शोरुम उद्घाटन गर्नुभयो ।
नयाँ सोरुम स्थापनासँगै कम्पनीले नयाँ वर्षको अवसर पारेर साङयोङका गाडी खरिदमा पाँच लाख रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको छ । उक्त योजना पुष २२ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले छिटै साङयोङ सर्भिस सेन्टर पनि स्थापना गर्ने पनि जानकारी दिएको छ । साङयोङ दक्षिण कोरियाको स्पोर्ट्स युटिलिटी भेइकल (एसयूभी) निर्यात गर्ने कम्पनीको रुपमा चिनिएको छ । एसयुभीका अलावा साङयोङले विभिन्न मोडलका लक्जरी कार, पिकअप, भ्यान, ट्रक तथा बस उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।