२०८३ साउन ९ शनिबार

‘ट्राभल्स तथा टुर्स व्यवसायमा मध्यम वर्गीय लगानीकर्ताको भविष्य छ’

ई आर्थिक    सोमबार, पौस ११ २०७३
20.2K
Shares
‘ट्राभल्स तथा टुर्स व्यवसायमा मध्यम वर्गीय लगानीकर्ताको भविष्य छ’

सिताराम लामिछाने

कार्यकारी निर्देशक, फ्याबुलस ट्राभल्स एण्ड टुर्स प्रा. लि.

ट्राभल व्यवसाय सञ्चालन कहिले देखि गर्नु भएको हो ? कसरी यो व्यवसायमा लाग्नुभयो ?

हामीले यो फ्यावुलस ट्राभल्स एण्ड टुर्स सुरु गरेको २०६७ सालदेखि हो । नेपालमा पर्यटन व्यवसायको भविष्य उज्जवल देखेर हामी यो क्षेत्रमा लागेका हौं । यसमा लगानी गर्दा जोखिम कम देखेर पनि यो व्यवसाय सुरु गरेका हौं ।

यो व्यवसाय गर्नु अघि के गर्नुहुन्थ्यो ?

यो व्यवसाय सुरु गर्नुभन्दा अगाडि म यसै क्षेत्रको कुनै कम्पनीमा कार्यरत थिए । यो क्षेत्रको बारेमा भरपुर अनुभव पश्चात आफ्नै व्यवसाय सुरु गरेको हो ।

कति लगानीले यो व्यवसाय सञ्चालन गर्न सकिन्छ ?

१८÷२० लाखको हाराहारीमा यो व्यवसाय सञ्चालन सुरु गर्न सकिन्छ । तर यसको विस्तारको लागि जति पनि लगानी कम हुन्छ । यो क्षेत्रको सेवा पनि व्यापक छ । खासमा भन्ने हो भने यो मध्यम वर्गका लगानीकर्ताको लागि यो व्यवसाय उपयुक्त देखिन्छ ।

फ्याबुलस ट्राभल्स एण्ड टुर्सका सेवाहरु के–के छन् ?

यस संस्थाले मूख्यतयाः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकेटिङ्गको काम गर्दछ । त्यसका अतिरिक्त आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नयाँ गन्तव्य पहिचान गर्दै आन्तरिक टुर प्याकेजको पनि काम हामीले गर्दै आएका छौं । यो क्षेत्रमा मेरो लामो समयको अनुभव भएकाले वपन हामीले हाम्रो सेवालाई सरल, प्रभावकारी र भरपर्दो बनाएका छौं ।

लगानीको दृष्टिकोणबाट यो व्यवसाय कत्तिको फाइदाजनक मानिन्छ ?

यसै व्यवसायमा लागि परेर लगानी गर्नमा कन्जुस्याँई नगर्ने हो र अनुभवी र दक्ष कर्मचारीलाई साथ लिएर काम गर्ने हो भने यसबाट पनि मुनाफा आर्जन गर्न सकिन्छ ।

लगानी र आम्दानीको हिसावमा ट्राभल तथा टिकेटिड्ड व्यवसाय अन्य व्यवसायसँग कसरी तुलना गर्न सकिन्छ ?

अन्य व्यवसायमा त्यसको प्रकृति हेरेर लगानीको सुनिश्चितता गर्नु पर्दछ भने यसमा थोरै लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिन्छ । फेरि यो क्षेत्रमा लगानी गर्न चाह्यो भने लगानीका लागि सेवा क्षेत्रहरु धेरै रहेका छन् । यस हिसावले हेर्ने हो भने यो व्यवसाय आफ्नो लगानीको क्षमताबाट चलाउन सकिन्छ ।

यो व्यवसायमा व्यवसायीको भविष्य कस्तो देख्नुहुन्छ ?

व्यवसायीहरुले आफूले व्यवसाय विस्तार गर्न सक्नु पर्दछ । नयाँ–नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्ने, वाह्य ट्राभल एजेन्सीको सहकार्यमा टुर प्याकेजको निर्माण गरी त्यसको प्रचार प्रसारका साथ व्यवसाय गरेमा यो व्यवसायको भविष्य राम्रै छ ।

यो व्यवसायमा प्रतिस्पर्धा कत्तिको हुन्छ ?

कुनै पनि क्षेत्र र व्यवसायमा प्रतिस्पर्धा छ । यो व्यवसायमा पनि प्रतिस्पर्धा चरम छ । म प्रतिस्पर्धाको पक्षपाति हुँ । प्रतिस्पर्धाले नै व्यवसायमा परिपक्वता र सेवामा गुणस्तरियता ल्याउछ भन्ने मान्यता मेरो रहेको छ । हरेक क्षेत्र र व्यवसायमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । तर अस्वस्थ प्रतिस्पर्धा भने गर्नु हुन्न । ‘कट थ्रो’ प्रकारको प्रतिस्पर्धाले सबैलाई हानी गर्दछ ।

यो व्यवसायका खास समस्याहरु के–के छन ?

नसुहाउने प्रतिस्पर्धाका साथै राजनीतिक अस्थिरता र सरकारले पूर्वाधारको विकास गर्न नसक्नु यो क्षेत्रमा देखिएका समस्या हुन ।

एयरलाइन्सबाट टिकट सिधै ट्राभल एजेन्सीमा नगई दोस्रो पक्षले होल्ड गरेर तपाईकहाँ आईपुग्छ ? यसले तपाईहरुलाई नाफालाई असर गर्दैन ?

एयरलाइन्सका टिकटहरु त्यसरी नै दोस्रो पक्षले होल्ड गर्ने भन्ने त होइन । तर कहिले काँही केही ठूला ट्राभल एजेन्सी, मेनपावर व्यवसायी र एयरलाइन्सको मिलोमतोमा यस्ता कामहरु हुने गरेका छन् । जसले गर्दा व्यवसायीक मर्यादाका यस्ता कामहरु हुने गरेका छन् । जसले गर्दा व्यवसायीक मर्यदामा रहेर स्वच्छ रुपले व्यवसाय गर्नेहरुलाई पक्कै असर गर्ने गरेको छ ।

खासमा यो कस्तो परिपाटी हो ? यसलाई तपाईहरुले कुन रुपले हेर्नुभएको छ ?

यो परिपाटी ठिक होइन । एयरलाइन्सले जीडीएस सिष्टमलाई फलो गरेपछि सबै सिटहरु त्यसमा फ्रि छोडिदिनु पर्छ । ताकी सबैले सिष्टमबाट टिकट बुक गर्न सकुन ।

टिकटमा उपभोक्ताले भुक्तानी गरेको मूल्य उल्लेख गरिएको हुँदैन । टिकटमा आफूले भुक्तानी गरेको रकम उल्लेख गर्दा केही समस्या हुन्छ र ?

अहिले धेरैजसो एयरलाइन्सले आफ्नो–आफ्नो जहाजको सिटको फिक्स रेट तोकिदिएका हुन्छन् । त्यसमा आफ्नो मुनाफा जोडेर ग्राहकसँग लिने हो । फेरि अहिले खाली टिकट लिएर मात्र पनि एयरपोर्ट जान सकिन्छ । व्यवसाय टिकाउनका लागि र प्रतिस्पर्धामा उत्रनु पर्दा अध्यारोमा पनि कारोबार गर्नु पर्ने हुन्छ । त्यसैले नगदमा टिकट दिंदा र उधारोमा दिनु पर्दा व्यवसायीले पक्कै पनि बिचार गर्नु पर्ने हुन्छ । टिकटको मूल्यमा एकरुपता नहुनु कारण यो पनि हो । सायद टिकटमा मूल्य नलेख्ने चलन पनि यही कारणले हुन सक्छ ।

व्यवसायीहरुका समस्या न्यूनिकरण गर्न तपाईहरुको एसोसिएसनले के कस्तो पहल गरिरहेको हुन्छ ?

व्यवसायहरुका समस्या समाधानार्थ पहल गर्ने, यो व्यवसायको दिगो विकासका लागि सरकारसँग नीतिगत लबिङ्गको काम गर्ने यो क्षेत्रमा नाट्टा र सोट्टो दुईवटा छाता संस्थाहरु रहेको छ । तर यी दुबै संगठनहरुले व्यवसायीको हितमा जुन किसिमको पहल गर्नुपर्ने हो, काम गर्नुपर्ने हो गर्न नसकेको आम व्यवसायीहरुलाई अनुभव भएको छ । अन्य व्यवसायीका छाता संगठनको तुलनामा यी संगठन निष्क्रिय जस्तै छन् । व्यवसायीको हित र सरकारसँगको नीतिगत लबिङ्गको लागि पनि आफ्ना छाता संस्थाको साथै अन्य सम्बन्धित बस्तुगत संघसँग समेत सहकार्य गर्नुपर्ने आवश्यकता रहेको छ ।

यो व्यवसायको संभावना तथा भविष्य कस्तो देख्नुहुन्छ ?

प्राकृतिक सुन्दरताले भरपुर, विविध संस्कृतिको महत्व भएको यो पर्यटकीय मुलकमा पर्यटनसँग सम्बन्धित व्यवसायको संभावना र भविष्य नहुने भन्ने मलाई लाग्दैन । व्यवसायी मैत्री नीति र वातावरणमा सरकार उदार हुनुप¥यो । पर्यटकीय संभावना भएको मुलुक भन्दैमा पर्यटकहरु त्यत्तिकै आउँदैनन् । नेपालमा जतिसक्दो बढी पर्यटक भित्र्याउन सरकारले पूर्वाधारको विकास गर्नु पछ । पर्यटकहरुको लागि सरकारी सेवा सुविधा सरल, छिटो, छरितो, चुस्त र दुरुस्त बनाउनु प¥यो । पर्यटकीय वातावरण सिर्जना गर्नु प¥यो, राजनीतिक स्थिरता कायम गरेर सुरक्षाको प्रत्याभूति दिन सक्नु प¥यो त्यसका साथै नेपाल पर्यटन बोर्डले आफ्नो भूमिकालाई अझ सशक्त बनाउन सकेमा यो क्षेत्रको भविष्य सदाबहार उस्तै रहिरहन्छ ।

तपाईका भावि योजना तथा कार्यक्रमहरु के कस्ता छन् ?

व्यवसाय प्रबद्र्धनको लागि प्रचार प्रसारमा ध्यान दिई समय सुहाउँदो र ग्राहकका चाहना बमोजिम टुर प्याकेजको निर्माण गरी नेपालमा पर्यटन विकासमा टेवा प्रदान गर्ने योजनामा हामी छौं । आफ्ना ग्राहकका लागि कसरी हुन्छ, सेवा र सन्तुष्टी प्रदान गर्ने दिशामा हामी लागि परेका छौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij