२०८३ साउन ९ शनिबार

अधिकार लिने र दिन नचाहनेबीच द्वन्द्व चर्केको ः अध्यक्ष ठाकुर

ई आर्थिक    सोमबार, पौस ११ २०७३
5.5K
Shares
अधिकार लिने र दिन नचाहनेबीच द्वन्द्व चर्केको ः अध्यक्ष ठाकुर

पर्सा

तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मुलुकमा हाल संविधान संशोधनवादी र अधिकार दिन नचाहनेबीच नै मुख्य द्वन्द्व रहेको बताउनुभएको छ ।

तमलोपा पर्साले आज वीरगन्जको रामगढवामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मुलुकमा विभेद रहेसम्म जाति तथा वर्गबीच द्वन्द्व रहने भएकाले संविधानमा सबैलाई समान अधिकार दिई विभेदको अन्त्य गरे मुलुक विकासतर्फ उन्मुख हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले सीमाङ्कनको टुङ्गो नलागेसम्म कुनै पनि निर्वाचनको औचित्व नरहेको बताउनुभयो । संसद्मा दर्ता भएको संशोधन प्रस्तावलाई पारित गरी संविधानलाई सर्वस्वीकार्य बनाउँदै सीमाङ्कनको टुङ्गो लगाएपछि मात्र निर्वाचन सम्भव रहेको नेता ठाकुरको भनाइ छ ।

तमलोपाका पार्टी प्रवक्ता विमलप्रसाद श्रीवास्तवले मधेसी, जनजाति, आदिवासी, दलित महिला मुस्लिमलाई अधिकारबाट वञ्चित राख्ने एमाले उद्यत रहेको आरोप लगाउनुभयो ।

कार्यक्रममा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) जिल्ला नेता, कार्यकर्ता तमलोपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij