२०८३ साउन ९ शनिबार

देशको अखण्डतालाई जोगाउन जनता सचेत हुनुपर्दछ– बिजुक्छे

ई आर्थिक    सोमबार, पौस ११ २०७३
6K
Shares
देशको अखण्डतालाई जोगाउन जनता सचेत हुनुपर्दछ– बिजुक्छे

भक्तपुर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको सार्वभौमिकता र अखण्डतालाई जोगाउन नेपाली जनता सचेत हुनुपर्ने बताउनुभएको छ ।

नेपाल क्रान्तिकारी किसान सङ्घको छैटौँ भक्तपुर जिल्ला सम्मेलनको दत्तात्रयमा उद्घाटन गर्दै उहाँले भन्नुभयो – “विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछ ।”

अध्यक्ष बिजुक्छेले किसानले राम्ररी खेती गर्न जानेर मात्र नपुग्ने बताउँदै देशको नीति निर्णयबारे पनि किसानले जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल क्रान्तिकारी किसान सङ्घका अध्यक्ष एवम् सांसद डिल्लीप्रसाद काफ्लले किसानको हकहितबारे सरकारले चासो नदिँदा उनीहरु कृषि पेसाबाट टाढिँदै गएको र युवा देश छोडेर विदेसिएको बताउँदै क्रान्तिकारी भूमिसुधार लागू नगरेसम्म मुलुकमा उत्पादकत्व नबढ्ने धारणा व्यक्त गर्नुभयो ।

नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ र नेक्राकिसङ्घका जिल्ला अध्यक्ष गोविन्द दुवालले किसानको हितका सम्बन्धमा कुनै पनि सरकारले स्पष्ट र प्रभावकारी नीति नबनाउँदा उनीहरुको उन्नति प्रगति हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij