२०८३ साउन १० आइतबार

पाकिस्तानमा ५ हजार रुपयाको नोटमा प्रतिबन्ध लगाउने सुझाव

ई आर्थिक    सोमबार, पौस ११ २०७३
9.8K
Shares
पाकिस्तानमा ५ हजार रुपयाको नोटमा प्रतिबन्ध लगाउने सुझाव

इस्लामावाद (पाकिस्तान)

पाकिस्तानको संसद्ले ५ हजार रुपयाको कागजी नोट खारेज गर्न सुझाव दिएको छ । सरकारले विरोध गरेको भए पनि संसद्ले भने त्यहाँको सबैभन्दा ठूलो कागजी नोट हटाउन सुझाएको हो । नोट खारेजी गैरकानूनी नगद प्रवाह कम गर्न उपाय भएको भन्दै संसद्ले सो सुझाव कार्यान्वयनमाथि जोड दिएको छ । नोट खारेजको प्रस्ताव सांसद ओस्मान सेफुल्लाह खानले गरेको पाकिस्तान टुडेले बताएको छ । यद्यपि, खारेजी अचानक नभई ३ देखि ५ वर्षको अवधिभित्र विस्तारै गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

यद्यपि, खानको प्रस्तावले आर्थिक गतिविधिमा बाधा उत्पन्न गराउने भन्दै कानूनमन्त्री जहिद हमिदले भने सोको विरोध गरेका छन् । ५ हजार रुपयाले पाकिस्तानमा प्रचलनमा आएको नोटको एक तिहाइ हिस्सा ओगटेको छ । हाल पाकिस्तानमा ३३ खर्ब नोट प्रचलनमा छन् । डेढ महीनाअघि भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचलित ५ सय र १ हजार भारूका कागजी नोट खारेज गर्ने निर्णय गरेका थिए । यसले त्यहाँ तीव्र नगद अभाव उत्पन्न गराएको छ भने आर्थिक गतिविधिसमेत प्रभावित बनेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij