२०८३ असोज ८ बिहिबार

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपाने र तत्कालीन सेन्चुरी बैंकका पूर्वसीईओ गौतमसहित दश जना पक्राउ

ई आर्थिक    मंगलबार, फाल्गुन १५ २०८०
3K
Shares
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपाने र तत्कालीन सेन्चुरी बैंकका पूर्वसीईओ गौतमसहित दश जना पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । न्यौपाने तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत पनि थिए । तत्कालीन न्यौपानेसँगै तत्कालीन सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमलाई पनि सीआईवीले पक्राउ गरेको छ ।

प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपाने र गौतमलाई सीआईबीले पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।

ऋण अपचलन गरेको अभियोगमा न्यौपाने र गौतमसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

“दश जनालाई नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, “अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।”

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij