२०८३ साउन ९ शनिबार

औषधि आयातमा रोक लगाउने सरकारी निर्णयको स्वागत

ई आर्थिक    मंगलबार, जेष्ठ ९ २०७४
7.8K
Shares
औषधि आयातमा रोक लगाउने सरकारी निर्णयको स्वागत

९ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल औषधि उत्पादक सङ्घ र नेपाल आयुर्वेदिक औषधि उत्पादक सङ्घले आत्मनिर्भर भइसकेका औषधि आयातमा रोक लगाउने सरकारी निर्णयको स्वागत गरेका छन् ।

नेपाल सरकार, स्वास्थ मन्त्रालयले आत्मनिर्भर भइसकेका औषधि आयातमा रोक लगाउने निर्णय हालै गरेको थियो । हाल नेपालमा वार्षिक २० अर्बको औषधि आयात हुँदै आएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाली औषधि उद्योगलाई सरकारी नीतिले ठूलो राहत पुगेको बताए। रुघाखोकी, आऊ, औलो ज्वरो, झाडापखला, मुटु बाथरोग एवम् अन्य ३७ प्रकारका रोगको औषधि स्वदेशमा उत्पादन हुन सक्ने भएपछि सरकारले उक्त औषधि आयातमा रोक लगाउने भएको हो ।

नेपालमा भारतबाट मात्र ५२ प्रतिशत औषधि आयात हुन्छ । भने अन्य मुलुकबाट तीन र नेपालमा ४५ प्रतिशत औषधि उत्पादन हुन्छ । स्वदेशमा उत्पादन हुने अधिकांश औषधिको कच्चापदार्थ भारतबाट आयात हुन्छ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष शङ्कर घिमिरेले बैंकको व्याज, कर्मचारीको पारिश्रमिक, घरभाडा, कर तथा अन्य खर्च कटाएर औषधि कम्पनीले १५ प्रतिशत नाफा आर्जन गर्ने गरेको बताए।

उनले केही समय अघि पैतीस पैसामा उत्पादन गरिएका औषधि पाँचमा बिक्री गरी २४ सय प्रतिशत नाफा असुलेको कुरालाई समाचार माध्यमले एकपक्ष ढङ्गमा सम्प्रेषण गरेको आरोप लगाए।

नेपालमा ५५ औषधि उत्पादक कम्पनीमध्ये ४९ वटा सञ्चालनमा आएका र त्यसमा २६ अर्बको लगानी एवम् वार्षिक १६ अर्बको औषधि उत्पादन हुन्छ । नेपालमा औषधि उत्पादन हुन थालेको ३५ वर्ष पुगेको छ भने सो क्षेत्रमा करिब १५ हजारले रोजगारी पाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij