२०८३ असोज ८ बिहिबार

भूकम्पपीडितका लागि प्राईम बैंकको २५ लाख सहयोग

ई आर्थिक    मंगलबार, कार्तिक २१ २०८०
4.4K
Shares
भूकम्पपीडितका लागि प्राईम बैंकको २५ लाख सहयोग

ई–आर्थिक, काठमाडौं । कार्तिक १७ गते, शुक्रवार, राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति प्राइम कमर्सियल बैंक २५ लाख सहयोग गरेको छ ।

प्राइम कमर्सियल बैंकको तर्फबाट भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने बिज्ञप्तीमार्फत जानकारी गराएको छ ।

विनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै बैंकले उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij