२०८३ असोज ८ बिहिबार

कुमारी बैंकका ५ नयाँ शाखा सञ्चालनमा, कहाँ कहाँ खुले ?

ई आर्थिक    सोमबार, असोज १५ २०८०
4K
Shares
कुमारी बैंकका ५ नयाँ शाखा सञ्चालनमा, कहाँ कहाँ खुले ?

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ ओटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको कपन, सीतापाइला र डल्लु तथा ललितपुरको भैंसेपाटी र टौखेल गरी ५ स्थानमा शुक्रवारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरूपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । आगामी दिनमा पनि थप शाखाहरू विस्तार गर्ने बैंकको योजना छ ।

२२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij