२०८३ साउन १८ सोमबार

फेडरल रिइन्स्योरेन्स ब्रोकर्सले आईपीओ निष्कासन गर्ने

ई आर्थिक    बिहिबार, असोज ४ २०८०
6.3K
Shares
फेडरल रिइन्स्योरेन्स ब्रोकर्सले आईपीओ निष्कासन गर्ने

ई-आर्थिक, काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ ।कम्पनीले असोज २५ गते साधारणसभा आह्वान गरेको हो ।

सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकको नियुक्ति लगायतका प्रस्ताव पेस हुने छन् ।

त्यस्तै विशेष प्रस्तावअन्तर्गत कम्पनीको साविक प्रबन्धपत्रमा उद्देश्य थप तथा संशोधन गर्ने, साविक नियमावलीमा आवश्यक संशोधन तथा थप गर्ने, सर्वसाधारणलाई शेयर निष्कासन गर्ने, कम्पनी गाभ्ने वा गाभिने सम्बन्धमा, विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउने सम्बन्धमा, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधन तथा नियामक निकाय र अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशनबमोजिम आवश्यक थपघट वा परिमार्जन गर्न अख्तियारी प्रदान गर्नेलगायतका प्रस्ताव सभामा पेश हुने छन् ।

यो कम्पनीले नेपाल बीमा प्राधिकरणबाट पुनर्बीमा दलालको लाइसेन्स पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij