२०८३ भाद्र ३० मंगलबार

सेन्ट्रल फाईनान्सको भैरहवा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

ई आर्थिक    आइतबार, साउन २८ २०८०
6.1K
Shares
सेन्ट्रल फाईनान्सको भैरहवा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

ई–आर्थिक, काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेड, भैरहवा शाखाले शुक्रवार वित्तीय साक्षरता तथा डस्टबिन वितरण कार्यक्रम गरेको छ । संस्थाले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित ‘मदरसा अरबीया अशरफिया फैजुल इसलाम’मा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा संस्थाको भैरहवा शाखा प्रमुख अरुण अधिकारीले मदरसालाई ७ थान डस्टबिन तथा मदरसाका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेका थिए । शाखा प्रमुख अधिकारीले संस्थाले वित्तीय कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।

संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटीम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, क्यूआर पेमेन्ट, रेमिट्यान्स सेवा, सी–आस्बा जस्ता बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij