२०८३ साउन १७ आइतबार

सेयर बजार उछालिएर ६२.२१ अंकले बढ्यो, कारोबार ६ अर्ब ४९ करोड

ई आर्थिक    आइतबार, असार १० २०८०
4.6K
Shares
सेयर बजार उछालिएर ६२.२१ अंकले बढ्यो, कारोबार ६ अर्ब ४९ करोड

ई–आर्थिक, काठमाडौं । सेयर बजारमा आज हरियाली छाएको छ । आज ६२.२१ अंकले बढेर नेप्से सूचकले २१ सय विन्दुलाई पार गरेर बन्द भएको छ । आइतबार आमलागनीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने गरी सेयर बजारमा उछाल आएको हो ।

नेप्से सूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ । ६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो । पछिल्लो समय लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । आइतबार बिमा समूहमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ ।

यस दिन २७५ कम्पनीको १ करोड ४७ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । ४ वटा कम्पनीको सेयर भाउउ १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४९ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २४ करोड ३८ लाख रुपैयाँको सेयरकिनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij