२०८३ भाद्र २५ बिहिबार

बाँकेमा सहकारीको विग मर्जर हुदै, एकैसाथ आठ सहकारी संस्था एकआपसमा गाभिने

ई आर्थिक    शुक्रबार, जेष्ठ १२ २०८०
4.6K
Shares
बाँकेमा सहकारीको विग मर्जर हुदै, एकैसाथ आठ सहकारी संस्था एकआपसमा गाभिने

ई–आर्थिक, नेपालगन्ज । बाँकेमा सहकारीको विग मर्जर सम्पन्न भएको छ । संस्थाहरुलाई सुदृढ र झन् बलियो बनाउन जिल्लाका आठ वटा सहकारी संस्थाले एकीकरण गरेर एकीकृत कारोबार गर्ने निर्णयमा पुगेका छन् ।

कोराना महामारीपछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरू राम्रो तरिकाले सञ्चालन हुन नसकेको जनाउँदै बाँकेका आठ वटा साना किसान सहकारी संस्था ‘अष्टम साना किसान कृषि सहकारी संस्था’ को नाममा एकीकरण भएका हुन् ।

एकीकरण हुनेमा साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवपुरी राप्तीसोनारी–८ बाँके, लगनशील साना किसान कृषि सहकारी संस्था लिमिटेड वैजनाथ–६ बाँके, महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड वैजनाथ–८ बाँके, त्यसै गरी सूर्यलक्ष्मी साना किसान कृषि सहकारी संस्था लिमिटेड राप्ती सोनारी–४ बाँके, सौगात साना किसान कृषि सहकारी संस्था लिमिटेड राप्तीसोनारी–५ बाँके, नवज्योति साना किसान कृषि सहकारी संस्था लिमिटेड खजुरा–२ बाँके, हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड खजुरा–८ बाँके र आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्था लिमिटेड जानकी–६ बाँके रहेका छन् ।

जिल्ला कृषि सहकारी सङ्घ बाँकेकी अध्यक्ष एकता शाहले अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडमा बाँकेका आठ वटा सहकारी संस्था एकीकरण भएको बताउनुभयो ।

उहाँले सहकारीले महिलाको परिचय बनाएको बताउँदै सहकारीको ठूलो जिम्मेवारी महिलाकै काँधमा रहेको पनि बताउनुभयो ।

जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेम सुवेदीले सहकारी राज्यको प्रतिस्पर्धी नभई राज्यको सहयोगी मात्र भएको बताउँदै राज्यलाई आफ्नो प्रतिस्पर्धीका रूपमा सहकारीलाई नलिन आग्रह गर्नुभयो ।

सहकारीलाई समाजमा जोगाइराख्न सरकारले ध्यान दिन आवश्यक रहेको अधिकांश सहकारी संस्थाका अगुवाको भनाइ थियो ।

आठ वटा सहकारी संस्थाको एकीकरणपछि बनेको ‘अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड’ का मुख्य प्रबन्धक व्यवस्थापक हरिश केसीले एकीकृत सहकारीका सेयर सदस्य १० हजार ५०५, सेयर पुँजी १० करोड ११ लाख रुपियाँ, बचत ५९ करोड ६३ लाखर रुपियाँ र जगेडा कोष एक लाख १८ हजार ९२३ रुपियाँ रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij