२०८३ साउन ९ शनिबार

८२ जना सहयोगदाताद्वारा अक्षयकोषमा एक करोड पन्ध्र लाख

ई आर्थिक    बुधबार, माघ ५ २०७३
4.2K
Shares
८२ जना सहयोगदाताद्वारा अक्षयकोषमा एक करोड पन्ध्र लाख

५ माघ, पोखरा । राष्ट्रिय परोपकार महासङ्घ नेपालले पोखरा उपमहानगरपालिका– १५ ढुङ्गेसाँघुमा सञ्चालित गुरुकुल एवम् बालआश्रमको अक्षयकोषमा हालसम्म एक करोड १४ लाख ९४ हजार रुपैया सङ्कलन भएको छ ।

अक्षयकोष स्थापनाका लागि गत पुस २७ गतेदेखि माघ ४ गतेसम्म श्रीमद्भागवत माघेसङ्क्रान्ति महाउत्सव कार्यक्रम आयोजना गरिएको थियो । भागवत भाष्कर पण्डित कमलनयन गौतमले आश्रमको विकासका लागि रु तीन करोड पु-याउने लक्ष्यका साथ अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।

अक्षयकोषमा सहयोगदाता ८२ जना पुग्नुभएको छ । वैदिक संस्कृति संरक्षणका लागि यहाँ सिद्ध परोपकार वैदिक गुरुकुलआश्रम स्थापना गरिएको हो । मावि तहसम्मको अध्ययन अध्यापन भइरहेको गुरुकुलमा हालसम्म विभिन्न जिल्लाका ४५ जना बालक आश्रित रहेका छन् ।

संस्थामा आवद्ध हुन अक्षयकोष सदस्यका लागि रु ५५ हजार ५५५, विशिष्ट सदस्यका लागि रु एक लाख ५५ हजार ५५५, श्रेयस्कर सदस्यका लागि रु २५ हजार ५५५, सम्मानित सदस्यका लागि रु पाँच हजार र आजिवन सदस्यका लागि रु दुई हजार ५५५ को व्यवस्था गरिएको राष्ट्रिय परोपकार महासङ्घ नेपालका राजेन्द्र पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij