२०८३ साउन ९ शनिबार

उदयपुरमा निःशुल्क उद्योग दर्ता शुरू भएपछी धमाधम उद्यमीहरू बढ्न थाले

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०७४
6.5K
Shares
उदयपुरमा निःशुल्क उद्योग दर्ता शुरू भएपछी धमाधम उद्यमीहरू बढ्न थाले

२ जेठ, उदयपुर। घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय उदयपुरले निःशुल्क लघु उद्यम दर्ता सेवा चालू आर्थिक वर्षमा शुरू गरेको छ । निःशुल्क रूपमा दर्ता गरिने यस्ता लघु उद्यमको ५ वर्षसम्म आयकरसमेत छूट हुने कार्यालयले जानकारी दिएको छ ।

चालू आवको असार मसान्तभित्र नेपालभरि १ लाख लघु उद्यमी दर्ता गर्ने नेपाल सरकारको लक्ष्यअनुसार निःशुल्क दर्ता सेवा सञ्चालन गरिएको कार्यालयका निर्देशक नवराज राउतले बताए ।

औद्योगिक व्यवसाय ऐन २०७३ बमोजिम घरजग्गाबाहेक ५ लाख रुपैयाँसम्म स्थिर पूँजी रहेको, उद्यमी स्वयम् व्यवस्थापन र सञ्चालनमा रहेको, आफूसहित ९ जनासम्म कामदार रहेको उद्योगलाई दर्ता गरिन्छ । साथै, ५० लाखभन्दा कम कारोबार रहेको उद्योगलाई लघु उद्यमअन्तर्गत दर्ता गर्ने नीति रहेको निर्देशक राउतले जानकारी दिए ।

निर्देशक राउतका अनुसार आजको मितिसम्म करीब ५१ जना उद्यमीहरू निःशुल्क रूपमा उद्योग दर्ता गराइसकेका छन् । निःशुल्क उद्योग दर्ता गर्न आउनेमा कृषि, सिलाइकटाइ, ब्युटिपार्लर, दालमोठ भुजिया, पाउँरोटी, ग्रील, फर्निचर, चाउमिनलगायतका क्षेत्रको रहेको निर्देशक राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij