२०८३ साउन १७ आइतबार

विभिन्न ठाउँका ९ वटा खानीको ठेक्का लगाउँदै खानी विभाग, ६ करोड राजश्व उठाउने लक्ष्य

ई आर्थिक    मंगलबार, चैत्र ७ २०७९
5.3K
Shares
विभिन्न ठाउँका ९ वटा खानीको ठेक्का लगाउँदै खानी विभाग, ६ करोड राजश्व उठाउने लक्ष्य

ई–आर्थिक, काठमाडौं । मुलुकका विभिन्न स्थानमा रहेको ९ वटा खानी ठेक्का लगाउने तयारी गरिएको छ । खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवर्द्धनका लागि ती खानीबाट खनिजको उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो ।
विभागले कर्णाली प्रदेशको सल्यान, धादिङ, मकवानपुर, खोटाङको हलेसी, उदयपुरको त्रियुगा, बैतडीका भिन्न भिन्न दुई स्थानमा र गोरखाको बारपाकमा खनीज उत्खनन गर्न लागेको हो ।
सार्वजनिक सूचना मार्फत इच्छुक उत्खनन् कर्ताहरुका लागि प्रकाशित गरिएको सूचनामा देशका विभिन्न भागमा रहेका चुन ढुंगा तामा, डोलोमाइट म्याग्नेसाइट, फस्पोरस, फस्फोराइट लगायतका खनिज पदार्थहरुको उत्खनन् गर्न अनुमति दिएका हुन् ।

विभागले अनुमति दिएका खानीमध्य चुन ढुंगाका २ वटा, तामाका ३ वटा, फस्फोराइटका २ वटा, म्याग्नेसाइटको एउटा र डोलोमाइटको एउटा रहेका छन् ।

कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको ५ वर्गकिलोमिटर क्षेत्रफलबाट चुन ढुंगा उत्खनन् गर्नका लागि इच्छुक व्यक्ति तथा कम्पनीले कम्तिमा ९० लाख ८० हजार रुपैयाँ रकममा ठेक्का लिनुपर्ने खानी विभागले जनाएको छ ।

त्यस्तै, खोटाङको हलेसीमा रहेको ८.२५ वर्ष किलोमिटर क्षेत्रमा रहेको डोलोमाइटको खानीबाट खनिज पदार्थ उत्खनन् गर्न इच्छुकले व्यक्ति तथा कम्पनीले कम्तिमा १ करोड ५५ लाख रुपैयाँमा बोलपत्र पेश गर्नुपर्छ ।
धादिङमा रहेको १२ वर्ग किलोमिटर क्षेत्रमा रहेका तामाखानीबाट तामा उत्खनन् गर्न चाहने ३९ लाख रुपैयाँ र मकवानपुरमा रहेका १२ वर्ग किलोमिटर क्षेत्रमा रहेका तामाखानीबाट तामा उत्खनन् गर्न चाहनेले १२ लाख ७० हजार रुपैयाँ न्युनतम दरभाउ गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
त्यसैगरी, उदयपुरको त्रियुगामा रहेको म्याग्नेसाइटको खानीबाट खनिज पदार्थ उत्खनन् गर्नका लागि न्युनतम ८७ लाख रुपैयाँ रकम बोलपत्र पेश गरि दरखास्त दिन सक्नेछन् भने, सर्खेतको चुनढुंगा खानीबाट सो खनिज उत्खनन् गर्न इच्छुकले कम्तिमा ९४ लाख रुपैयाँ बोलपत्र आह्वान गर्नुपर्ने हुन्छ ।

साथै, बैतडीका भिन्न भिन्न दुई स्थानमा ८ वर्ग किलोमिटर र ५ वर्गकिलोमिटरमा फैलिएका रहेका फस्फोराइट खानीबाट उत्खनन् गर्न इच्छुक कम्पनीले ६७ लाख र २७ लाख रुपैयाँ न्युनतम बोलपत्र आह्वान गर्न सक्नेछन् । भने, भुकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकमा लगभग ६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको तामाखानीबाट तामा उत्खनन् गर्ने इच्छुक कम्पनीले न्युनतम १७ लाख ८० हजार रुपैयाँ कबोल गरेर बोलपत्र पेश गर्न सक्ने खानी विभागले जनाएको छ ।

इच्छुक कम्पनीहरुले सम्भाव्य अनुमति पत्रका लागि १५ हजार रुपैयाँ र उत्खनन् अनुमतिका लागि २५ हजार रुपैयाँ तिरेर यो प्रक्रियामा सामेल हुन सक्नेछन् । विभागले सूचना प्रकाशित भएको मितिले ६० दिन भित्रमा आवेदन दिनुपर्ने गरी फागुन १४ गते सार्वजनिक सूचना विभागले प्रकाशित गरेको हो ।

यी ९ वटा खानीबाट खनिज उत्खननका लागि इच्छु व्यक्ति तथा कम्पनीले विभागले तोकिएको न्युनतम रकम बोलपत्रमा पेश गर्नुपर्ने छ । उक्त खनिज उत्खनन गर्नका लागि आह्वान गरेको बोलपत्रबाट विभागले न्युनतम ५ करोड ९० लाख ३० हजार रुपैयाँ राजस्वा संकलन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij