ई–आर्थिक, काठमाडौं । सर्वोत्तम स्टिल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।
कम्पनीले जारी पूँजीमध्ये १२ दशमलव ६६३ प्रतिशत आईपीओ निष्कासन गर्ने तयारी भएको बताएको छ । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सर्वोत्तम स्टिलका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल र प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
सौरभ ग्रूपद्वारा सञ्चालित उक्त कम्पनीले विभिन्न प्रकारका गुणस्तरीय डन्डी तथा बिलेटहरुको उत्पादन गरी विक्रीवितरण गर्दे आइरहेको छ । कम्पनीको उद्योग पर्साको वीरगञ्जमा रहेको छ ।