२०८३ साउन ११ सोमबार

काठमाडौं महानगरभित्र सडकपेटीमा अनधिकृत रुपमा व्यापार गर्न नपाइने, महानगरले निकाल्यो सूचना

ई आर्थिक    मंगलबार, पौस २६ २०७९
3.7K
Shares
काठमाडौं महानगरभित्र सडकपेटीमा अनधिकृत रुपमा व्यापार गर्न नपाइने, महानगरले निकाल्यो सूचना

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रको सडकपेटीमा अनधिकृत रुपमा साइकल र ठेलागाडामा व्यापार गर्न नपाइने भएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै महानगरपालिकाले सडकपेटीमा अनधिकृत रुपमा साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको हो ।

महानगरले सार्वजनिक सुचना प्रकाशित गरी साइकल वा ठेलागाडामा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाइएको जानकारी दिएको छ ।

महानगरले जारी गरेको सुचनामा सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij