२०८३ साउन ९ शनिबार

पाँच करोड अवैध रकमसहित चिनियाँ नागरिक पक्राउ

ई आर्थिक    बुधबार, बैशाख २७ २०७४
5K
Shares
पाँच करोड अवैध रकमसहित चिनियाँ नागरिक पक्राउ

२७ वैशाख, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले रु चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले आज बिहान पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले काठमाडौँबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका चिनियाहरुबाट अमेरिकी डलर तीन लाख ४९ हजार, युरो ६८ हजार, चिनिया युआन १४ हजार ४००, जापानी येन ३१ लाख, स्वीस फ्र्यान्क दुई हजार दुई सय, अस्ट्रेलियन डलर एक हजार ४००, स्टर्लिङ पाउण्ड एक हजार १०० र नेपाली रु २४ हजार ६०० बरामद गरिएको छ ।

प्रवक्ता कार्कीका अनुसार ती सबै मुद्राको नेपाली रुपैयाँमा हिसाब गर्दा करिब चार करोड ७५ लाख ६० हजार हुन आउँछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij