२०८३ साउन ११ सोमबार

समयमै होसियारी अपनाउँदा मुलुकको अर्थतन्त्र लयमा फर्किएको अर्थमन्त्री शर्माको दाबी

ई आर्थिक    शनिबार, भाद्र १८ २०७९
4.2K
Shares
समयमै होसियारी अपनाउँदा मुलुकको अर्थतन्त्र लयमा फर्किएको अर्थमन्त्री शर्माको दाबी

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्कने क्रममा रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए ।

मन्त्री शर्माले चाडवाड शुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिति बढ्दै जाने र अर्थतन्त्र सबल हुँदै जाने विश्वास व्यक्त गरे ।

उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालू आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए ।

मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताए । उनले कृषि, वनलगायत क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij