२०८३ साउन ९ शनिबार

जलासययुक्त पश्चिम सेती भारतको एनएचपीसीले विकास गर्ने, लगानी बोर्डले चाँडै संझौता गर्ने

ई आर्थिक    सोमबार, साउन २३ २०७९
4.5K
Shares
जलासययुक्त पश्चिम सेती भारतको एनएचपीसीले विकास गर्ने, लगानी बोर्डले चाँडै संझौता गर्ने

ई–आर्थिक, काठमाडौं । जलासययुक्त पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत् परियोजना भारतीय कम्पनी एनएसपीसी लिमिटेडले विकास गर्ने भएको छ । भारतीय कम्पनी एनएसपीसीसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्ने भएको हो ।

सोमबार सिंहदरबारमा बसेको बोर्ड बैठकले पश्चिम सेती तथा सेती नदी– ६ जलविद्युत् परियोजना विकासका लागि एनएचपीसीसँग प्रारम्भिक सम्झौता गर्ने निर्णय गरेको बोर्डले जानकारी दिएको छ ।

७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ३०८ मेगावाट उत्पादन क्षमताको सेती नदी–६ आयोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने बोर्डले जनाएको छ । ३२७ मेगावाटको अपर मर्स्याङ्दी–२ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय पनि भएको लगानी बोर्डले जानकारी दिएको छ ।

त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनका बाँकी कामहरु गर्ने निर्णय गरेको छ । अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने कुरा भयो । माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको बोर्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij