२०८३ साउन ९ शनिबार

राजधानीको स्कुलबाट दिनदहाडै ५ विद्यार्थी अपहरण, कारण खुल्न सकेन

ई आर्थिक    बिहिबार, बैशाख २१ २०७४
8K
Shares
राजधानीको स्कुलबाट दिनदहाडै ५ विद्यार्थी अपहरण, कारण खुल्न सकेन

२१ वैशाख, काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन्। स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए। मुखमा माक्स र हातमा पञ्जा लगाएर आएका तीन जना अपहरणकारीले विद्यार्थीलाई मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमुल पुर्‍याएका थिए ।

कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दीपक जैसवाललाई उनीहरुले अपहरण गरेर लगेका थिए । २० देखि २५ उमेर समूहका ती अपहरणकारीले कलिला विद्यार्थीलाई अपहरण गरेर लैजाने क्रममा थापाथली पुर्‍याएपछि मन्सुरी अपहरणकारीको हातमा टोकेर भाग्न सफल भए पनि अन्य ४ जनालाई भने सँगै लगेका थिए। उनीहरुले अपहरणमा परेका बालकलाई केही नबोल्न चेतावनी दिएका थिए।

उनीहरूले ती बालकलाई शंखमुलमा रहेको पुलमा पुर्‍याएका थिए। एकान्त ठाउँ खोज्दै ती बालकहरुलाई पुलबाट पारी लैजान खोजेपछि एक विद्यार्थी हेल्प मी भनेर चिच्याएपछि स्थानीयहरु ती विद्यार्थीतर्फ अघि बढेका थिए । त्यसपछि अपहरणकारीहरु बच्चाहरु छोडेर भागेका थिए । अाजकाे नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij