२०८३ साउन ९ शनिबार

भारी हिमपातले धो–साल्दाङ जाने बाटो अवरुद्ध भएपछी निर्वाचन अधिकृतदेखि कर्मचारीसहितको टोलीले प्रयोग गरे हेलिकप्टर

ई आर्थिक    मंगलबार, बैशाख १९ २०७४
7.4K
Shares
भारी हिमपातले धो–साल्दाङ जाने बाटो अवरुद्ध भएपछी निर्वाचन अधिकृतदेखि कर्मचारीसहितको टोलीले प्रयोग गरे हेलिकप्टर

१९ वैशाख, डोल्पा । स्थानीय तहको चुनाव गराउनका लागि उपल्लो डोल्पा हिँडेको निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा अन्य कर्मचारीसहितको टोलीलाई विकट क्षेत्र धोबाट साल्दाङ जानका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।

मौसम खराबीसँगै भएको भारी हिमपातले धो–साल्दाङ जाने बाटो अवरुद्ध भई धो पुगिसकेको उक्त कर्मचारीको टोली जान नसकेपछि सेनाको हेलिकप्टर व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय, डोल्पाले जनाएको छ ।

उक्त टोलीलाई आज सेनाको हेलिकप्टरबाट धोबाट साल्दाङ पु¥याइएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिनुभयो । थुप्रै भौगोलिक कठिनाइबीच पनि उपल्लो डोल्पामा निर्वाचन गराउन कर्मचारी हिँड्ने क्रम जारी रहेकाले यही वैशाख २१ गतेसम्म सबै कर्मचारी हिँडिसक्ने र वैशाख २७ गतेभित्र पुगिसक्ने समेत निर्वाचन अधिकारी बुढाले जानकारी दिनुभयो ।

उपल्लो डोल्पाका २२ वटै मतदान केन्द्रमा निर्वाचन अधिकृत पुगेर पनि आज धमाधम उम्मेदवार मनोनयन दर्ता कार्य भइरहेको समेत बुढाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij