ई–आर्थिक, लण्डन । ब्रिटिस एयरवेज कम्पनीको विमान दुर्घटना भएको छ । करिब २ सय यात्रु बोकेको सो विमान १ हजार फिटमाथि दुर्घटना भएको हो ।
कम्पनीको बिए २२३६ विमान आकाशमै दुर्घटनाग्रस्त बनेको हो। आकाशमै दुर्घटनाभएको सो विमानको विन्डस्क्रिन हावासँग ठोक्किएर दुर्घटनाग्रस्त बनेको अन्र्तराष्ट्रिय मिडिया रिपोर्टमा उल्लेख छ ।
दुर्घटनापश्चात विमानमा सवार सबै यात्रुको आकस्मिक अवतरण गराइएको बताइएको छ ।
क्रिसमसको अवसरमा छुटी मनाउन गएका यात्रुलाई बोकेर सो विमान लण्डनको ग्याटविक इन्टरनेसनल एयरपोर्टबाट सान जोसतर्फ गइरहेको थियो । सोहि क्रममा दुर्घटनाग्रस्त बनेको बताइएको छ ।
दुर्घटना हुनुअघि सो विमानले ३५ सय फिट उचाई पार गरेको थियो । करिब १ हजार फिट उचाईमा झरेपछि हावाको झोकासँगै आएको बरफको डल्लाले विमानको २ इन्च बाक्लो विन्डस्क्रिनमा ठोक्किँदा सो दुर्घटना भएको विमान कम्पनीले जनाएको छ । दुर्घटनापश्चात विमानले सफल अवतरण गराएको बताइएको छ । सो दुर्घटनापछिको सफल अवतरण लाखौंमा एक रहेको बताइएको छ।