ई–आर्थिक, काठमाडौं : वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन)को अध्यक्षमा क्याप्टेन रामेश्वर थापालाई पुनः चयन भएका छन् । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन संघको २१औं वार्षिक साधारण सभाले अध्यक्षमा थापालाई पुनः चयन गरिएको हो ।
क्याप्टेन थापा नेपाली हवाई क्षेत्रमा विगत दुई दशकदेखि हेलिकोप्टर कम्पनी सञ्चालन गर्दै आएका छ। थापा सन् २००२ देखि हेलिकोप्टर प्रशिक्षक पाइलटका रुपमा पनि क्रियाशील छन्। हालः उनी सिम्रक एयरका सञ्चालक हुन् ।
थापाको नेतृत्वमा दुई वर्षका लागि एओएएनको १३ सदस्यीय नयाँ कार्यसमिति पनि चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा यति एयरलाइन्सबाट अनोज रिमाल, सौर्य एयरलाइन्सका गोपाल भट्टराई, अल्टिच्यूड एयरका निमा नुरु शेर्पा, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने, कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी, कार्यसमिति सदस्यहरुमा हेली एभरेष्टका फुरु ग्याल्जे शेर्पा, प्रभु हेलिकोप्टरका सुवास अमात्य, श्री एयरलाइन्सका अनिल मानन्धर, गुण एयरलाइन्सका प्रज्वल थापा, कैलास हेलिकोप्टरका श्रीहरि कुईकेल र एयर डाइनेष्टिका बालकृष्ण पण्डित चयन भएका छन् ।