२०८३ साउन २३ शनिबार

ग्लोबल आइएमई बैंकको नयाँ शाखा उदयपुरको कटारी बजारमा

ई आर्थिक    बुधबार, कार्तिक १० २०७८
4.6K
Shares
ग्लोबल आइएमई बैंकको नयाँ शाखा उदयपुरको कटारी बजारमा

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो नयाँ शाखा उदयपुरको कटारी बजारमा सञ्चालनमा ल्याएको छ । उदयपुरको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा सञ्चालनमा ल्याइएको बैंकको यो २८३ औं शाखा हो ।

मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij