ई–आर्थिक, काठमाडौं । ‘आइएमई पे’ले ‘दसैंको झट्का’ स्कीम सार्वजनिक गरेको छ । यो अफर असोज ११ देखि लागु भएर १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको हो ।
यस स्कीम अन्तर्गत ग्राहकहरुले आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यास ब्याकको व्यवस्था मिलाइएको छ। क्यास व्याकको सीमा २ हजारसम्मको रहेको छ भने यो अफर मात्र पहिलो एक सय खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइने छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासंगै तीन दिनको लागि ५० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए । आइएमई पे आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्धित छ ।