२०८३ साउन २२ शुक्रबार

चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता सरकारको कालोसूचीमा

ई आर्थिक    शुक्रबार, साउन २२ २०८३
76
Shares
चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता सरकारको कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार सार्वजनिक निकायको सिफारिसका आधारमा चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन नपाउने कार्यालयले स्पष्ट गरेको छ।

कार्यालयका अनुसार ईश्वरणी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, काठमाडौँ – एक वर्ष ६ महिना, अपन निर्माण सेवा, ललितपुर – दुई वर्ष, खड्क निर्माण सेवा, बझाङ, एन.एल. कन्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, काठमाडौँ र माण्डौँ निर्माण सेवा (संयुक्त उपक्रम) – तीन वर्ष र एम.आर.–आरजे जेभी, सिराहा, आशिष कन्ट्रक्सन, चितवन र आशिष कन्ट्रक्सन मल्टिपर्पोज प्रालि, उदयपुर (संयुक्त उपक्रम) – तीन वर्ष कालोसूचीमा परेका छन्।

यी कम्पनी तथा संयुक्त उपक्रमहरूलाई क्रमशः विराटनगर महानगरपालिका, सूर्या नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका (बझाङ) र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजविराज को सिफारिसमा कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कालोसूचीमा परेका व्यक्ति, फर्म वा कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij