२०८३ साउन २२ शुक्रबार

सामाजिक सुरक्षा कोषमा बैङ्क वित्तीय क्षेत्रका कर्मचारी तत्काल नजाँदा पनि हुने, कर्मचारीहरुलाई दबाब नदिन सर्वोच्चले दियो अन्तरिम आदेश

ई आर्थिक    मंगलबार, साउन १९ २०७८
7.4K
Shares
सामाजिक सुरक्षा कोषमा बैङ्क वित्तीय क्षेत्रका कर्मचारी तत्काल नजाँदा पनि हुने, कर्मचारीहरुलाई दबाब नदिन सर्वोच्चले दियो अन्तरिम आदेश

ई–आर्थिक, काठमाडौं । बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा नजाँदा पनि हुने भएको छ । सामाजिक सुरक्षा कोषमा जानका लागि बाध्य नबनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेसँगै कोषमा आबद्ध नहुँदा पनि फरक नपर्ने भएको छ ।

ओली सरकारको पालामा सामाजिक सुरक्षा कोषमा बैंक वित्तीय संस्थाका कर्मचारीहरु अनिवार्यरुपमा सहभागी हुनै पर्ने गरी बैङ्क तथा वित्तीय क्षेत्रलाई निर्देशन दिए पछि कर्मचारीहरु लामो समयदेखि चरणबद्ध आन्दोलनमा थिए ।

बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले आफूहरुले पहिला खाइपाइ आएको सुविधा घट्ने भन्दै सामाजिक सुरक्षा कोषमा नजाने अडानका साथ आन्दोलनरत थिए ।

यसै क्रममा सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सो रिटमाथि न्यायाधीशत्रय अनिलकुमार सिन्हा, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलासले यो विषयमा सुनवाई गरेको थियो ।

सरकारको निर्णय रोक्न अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेमा न्ययाधीशहरुको राय बाझिएपछि बहुमतका आधारमा कर्मचारीहरुको पक्षमा यस्तो निर्णय गरिदिएको हो । तर यो मुद्दालाई अबको ४५ दिनमा पुनः इजलासमा पेस हुने भएको छ । तर अदालतको आदेशसँगै तत्कालका लागि भने बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा नजाँदा पनि हुने भएको ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij