२०८३ साउन २१ बिहिबार

मध्य भोटेकोशी जलविद्युत आयोजनाको साधारण सेयर पुनः खुल्यो

ई आर्थिक    मंगलबार, साउन ५ २०७८
9.7K
Shares
मध्य भोटेकोशी जलविद्युत आयोजनाको साधारण सेयर पुनः खुल्यो

ई–आर्थिक, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) पुनः सर्वसाधारणका लागि खुल्ला भएको छ । गत वैशाख १३ गतेदेखि २१ गतेसम्म खुल्ला भएको उक्त आईपीओ २४ गते देखि बिक्री बन्द गरिएकोमा कम्पनीले उक्त आईपीओ पुनः आज मंगलबारबाट सर्वसाधारणका लागि खुल्ला गरेको हो ।

कुल ६० लाख कित्ता सेयर मध्ये सर्वसाधारण लगानी कर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । उक्त सेयरमा छिटोमा श्रावण १७ गते सम्ममा र ढिलोमा श्रावण ३२ गतेसम्म आवेदन दिन सकिने भनिएको छ । तर माग भन्दा बढी आवेदन पर्ने संभावना रहेकाले उक्त निष्कासन श्रावण १७ गते बन्द हुने निश्चित छ ।

सर्वसाधारणका लागि यो सेयरमा आवेदन दिने अवसर प्राप्त भएपनि यसअघि नै आवेदन दिएका कर्मचारी सञ्चय कोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरू, शेयरधनी संस्थापक संस्थाका कर्मचारीहरू एवं ऋणदाता संस्था, कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले पुनः आवेदन दिनु नपर्ने कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij