२०८३ असोज २ शुक्रबार

एमाले एकताका लागि ७ माओबादी मन्त्रीको ‘बली’, ओलीको कुटिल चालबाट आफूहरु फसेको मन्त्रीहरुको प्रतिक्रिया

ई आर्थिक    बिहिबार, जेष्ठ ६ २०७८
128.3K
Shares
एमाले एकताका लागि ७ माओबादी मन्त्रीको ‘बली’, ओलीको कुटिल चालबाट आफूहरु फसेको मन्त्रीहरुको प्रतिक्रिया

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी

ई–आर्थिक, काठमाडौं । सर्वोच्च अदालतले गैरसाँसद रहेका सात जना मन्त्रीको नियुक्ती बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले बिहिबार यस्तो आदेश गरेको हो । अधिवक्ता कपिल देव ढकाल र रविराज थापाले गैरसाँसद दोस्रो कार्यकालका लागि मन्त्री नियुक्ती हुनु संबिधानबिपरित भएको भन्दै हिजो बुधबार मन्त्री नियुक्ती बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो आदेशले गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् । सर्बोच्चको आदेशमा गृहमन्त्री रामबहादुर थापासहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

रिट निबेदक अधिबक्ता कपिलदेब ढकालले सर्बोच्चको फैसलाले संबिधानको प्राबधानलाई बलियो बनाएको प्रतिक्रिया दिए । अधिबक्ता ढकालका अनुसार सर्बोच्चको यो फैसलाले नजिर स्थापित गरेकाले राजनीतिक दलहरुले आगामी दिनमा संबिधान कार्यान्वयनलाई बिशेष ध्यान दिनेछन् । ‘यसले संबिधानको रक्षा र बिकासा महत्वपूर्ण योगदान गर्छ ।’ उनी भन्छन् ‘एउटै गैरसाँसद ब्यक्ति पटक–पटक मन्त्री हुन पाउने संबिधानले परिकल्पना गरेको छैन ।’

सर्बोच्चको यो फैसला संबिधानसम्मत भए पनि नियुक्ती बदर भएका सात माओबादी नेताहरुले यसलाई सामान्यरुपमा लिन नसकेको उनीहरु निकट सुत्रले जानकारी दिएको छ । ‘कतै यो प्रधानमन्त्री केपी ओलीकैसेटिङ् त होइन ? भन्ने बारेमा उहाँहरुबिच आशंका पैदा भएको छ ।’ निकट स्रोत भन्छ ‘यो कुरा नियुक्ती गर्ने बेलामा प्रधानमन्त्रीले सोचेनन् भनेर बिस्वास गर्ने आधार देखा परेन ।’

निर्बमान मन्त्रीहरु निकट स्रोतका अनुसार विश्वासको मत लिने प्रयोजन नै कतै माओबादीबाट आएका मन्त्रीहरुलाई ‘आउट’ गर्ने योजनाअनुसार त होइन ? भन्ने प्रश्न उठेको छ । ‘प्रधानमन्त्री ओली भारी बहुमतमा हुदाहुदै संबिधानको धारा १०० अनुसार बिस्वासको मत लिन अघि सर्नु, बिस्वासको मत प्राप्त गर्ने संभाबना आफैद्वारा अन्त्य गर्नु र हतारिएर दोस्रो पटक मन्त्री दोहो¥याउनुको तादाम्यता खोजी गर्नै पर्ने देखिन्छ ।’ स्रोत भन्छ ‘बिस्वासको मत प्राप्त नभए पनि आफ्नो प्रधानमन्त्रीको पद सुरक्षित हुनेमा ओली ढुक्क देखिन्थे ।’ अहिले माओबादी मन्त्रीहरु ओलीको कुटिल चालबाट फसेको आफूनिकटसँग प्रतिक्रिया दिन थालेको बताइन्छ ।

उनीहरुले यसलाई नेकपा एमालेको एकतासँग जोडेर हेरिरहेका छन् । नेकपा एमालेको एकताका लागि केही मन्त्रालय खाली गर्नै पर्ने ओलीलाई बाध्यता रहेको उनीहरुको बुझाई छ । ‘माधब नेपालनिकटहरुसँग एकता गर्नका लागि केही मन्त्रालय दिर्नै पथ्र्यो ।’ स्रोत भन्छ ‘तर मन्त्रालय खाली थिएनन् । अब त महत्वपूर्ण मन्त्रालय खाली भएका छन् । यसले ओलीलाई सहज पनि भएको छ ।’ एमाले एकताका लागि कार्यदल बनेको केही दिनमै एमालेनिकट कानुन ब्यबसायीको नेत्रृत्वमा रिट पर्नु पनि संयोग नभएको निबर्तमान मन्त्रीहरुको बुझाई छ । रिट निबेदक अधिबक्ता कपिलदेब ढकाल एमाले कार्यकर्ता हुन ।

दोश्रो पटक गैरसाँसद मन्त्री नियुक्तीको बदर गर्न माग राखी सर्बोच्चमा परेको रिट दोस्रो पटक दर्ता भएबाटै माओबादी मन्त्रीहरुको मनमा चिसो पसिसकेको थियो । संबिधानअनुसार प्रतिनिधिसभाको सदस्य नभएको ब्यक्ति ६ महिना अबधिसम्मका लागि मात्र मन्त्री हुने ब्यबस्थाले नियुक्ती बदर हुने आशंकाले उनीहरुमा तनाब देखिएको थियो ।

राष्ट्रियसभामा बादलको पराजय

उता राष्ट्रिय सभाको निर्बाचनमा पनि बादल पराजय भएका छन् । आज अपरान्ह ३ बजे सम्पन्न बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाको उपनिर्बाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापालाई ओली समूहबाटै घात भएपछि यस्तो अबस्था आएको हो । थापालाई हराउन ओलीनिकट प्रदेशका ७ साँसद र स्थानीय तहका १७ जना प्रमुख उपप्रमुखले भोट क्रस गरेको बताइन्छ ।

यो उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । सो मतदानमा डा. देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले) का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका थिए । त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन् ।

थापालाई ओली समूहमै अबसरबादी एमालेका रुपमा चित्रण गरिन्छ । गृहमन्त्री नपाए उनी एमाले बन्नै नसक्ने उक्त समूहमा चर्चा हुने गरेको छ । बिगतमा रामबहादुर थापाको पार्टी माओबादीसँग लडेर, भीडेर बचाएको एमालेमा खाने बेलामा पार्टी त्यागेर आएको ओलीनिकट नेताहरुको भनाई छ । थापालाई एमालेको बिचार, सिद्धान्त र कार्यदिशा मन परेको नभए गृहमन्त्रीको पद मात्रले आकर्षण गरेको आम एमालेजनको बुझाई छ । त्यसैले थापालाई नक्कली र अबसरबादी एमालेका रुपमा लिइन्छ ।

नेता थापाले राजकीय पदमा मात्र नभई पार्टीभित्र पनि असर पु¥याउने भएकाले अहिले यही मौकामा हराएर साइजमा ल्याउने तयारी ओली समूहको रहेको बताइन्छ । अहिले हराउदा बिपक्षी गठबन्धन बलियो भएकाले थापाले समेत स्वभाबिकरुपमा लिने उक्त समूहको ठम्याई छ ।

अहिले थापाको हारमा पार्टीभित्र उनको कुनै प्रभाब नरहेको ओली समूहको निष्कर्ष छ । अहिले चुनाब हारिसकेपछि एक त उनको राजनीतिक प्रभाब शून्य भएर जानेछ । यस अबस्थाले थापा ओली समूहको एउटा बफादार कार्यकर्तामा मात्र सीमित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij