२०८३ साउन ९ शनिबार

कोरोनाले गाँजेको भारतमा अर्को दुखद् घटना, एक अस्पतालमा आगलागी हुँदा २ नर्ससहित १८ कोरोना संक्रमितको मृत्यु

ई आर्थिक    शनिबार, बैशाख १८ २०७८
4K
Shares
कोरोनाले गाँजेको भारतमा अर्को दुखद् घटना, एक अस्पतालमा आगलागी हुँदा २ नर्ससहित १८ कोरोना संक्रमितको मृत्यु

ई–आर्थिक, गुजरात । दैनिक ४ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएर अक्रान्त बनिरहेको भारतमा अर्को दुखद् घटना घटेको छ । प्राप्त समाचार अनुसार भारतको अहमदावादमा एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको छ ।

भारतमा सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो । स्थानीय समयअनुसार शनिबार बिहान १ः०० बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए । आगलागीबाट १८ जनाको मृत्यु भएपछि आगो नियन्त्रणमा आएको थियो ।

स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । उनले भने, ‘आगलागी अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुनपुगेको प्राथमिक अनुसन्धानबाट थाहा हुन आएको छ ।’

उक्त घटनामा अधिकांश व्यक्तिको निसास्सिएर श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितपरिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij