ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको दरबोटबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखारहित बैंकिङ सेवाहरुको संख्या २५७ पुगेको छ । यो शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण के.सी.ले गरे ।
शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमइ, युटिएल, एन।टि।सि।को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।