२०८३ साउन ९ शनिबार

मेरीगोल्ड १११ औं वर्ष प्रवेश, वार्षिकोत्सवको अवसरमा आकर्षक छुट र लक्की ड्र

ई आर्थिक    मंगलबार, फाल्गुन २५ २०७७
17.3K
Shares
मेरीगोल्ड १११ औं वर्ष प्रवेश, वार्षिकोत्सवको अवसरमा आकर्षक छुट र लक्की ड्र

ई–आर्थिक, काठमाडौं । मेरिगोल्ड (सयपत्री ज्वेलर्स) स्थापनाको १११ औं वर्षमा प्रवेश गरेको छ । नेपालका मौलिक तथा आधुनिक गरगहना निर्माण एवं बिक्रीमा विशिष्ठ स्थानमा रहेको मेरीगोल्डले १११ औं वर्ष प्रवेश गरेको अवसरमा विशेष छुटसहित विभिन्न अफर ल्याएको छ ।

मेरीगोल्डका प्रबन्ध निर्देशक ज्योत्सना श्रेष्ठका अनुसार १११ औं वार्षिकोत्सवका अवसरमा न्यूरोडस्थित मेरीगोल्डको नयाँ शोरुममा विशेष छुट र लक्की ड्र कार्यक्रम राखिएको छ । जसमा प्रथम पुरस्कारस्वरुप विजेताको तौल बराबर शुद्ध चाँदी तगा द्वितिय पुरस्कारमा झापाको मेची क्राउन होटलमा दुई रात तीन दिनको प्याकेज रहेको छ । मेरीगोल्डका हाल न्यूरोड र दरबारमार्गमा आउटलेट सञ्चालनमा रहेका छन् ।

ग्राहकको अटुट विश्वास तथा गुणस्तरमा कहिल्यै सम्झौता नगरेकै कारण मेरीगोल्डले ११ दशक पूरा गरेको प्रबन्ध निर्देशक श्रेष्ठ बताउनु हुन्छ । ‘हामीले माौलिकता जोगाउँदै र ग्राहकको विश्वास जित्दै सुनचाँदीका गरगहना तयार पार्दै आइरहेका छौं,’ श्रेष्ठ भन्छिन, ‘परिस्थिति अनुकूल रह्यो भने चाँडै नै नेपालमा उत्पादित गरगहना उल्लेख्य परिमाणमा निर्यात गर्न पनि मेरीगोल्ड सक्षम हुनेछ ।’

पारिवारिक व्यवसायका रुपमा रहेको मेरीगोल्ड हाल संस्थागत अवधारणाअनुसार अगाडि बढिरहेको छ । ग्राहकको आवश्यकता र रुचिअनुसारका गरगहना तयार गर्ने, नयाँ डिजाइनका लागि अध्ययन र अनुसन्धान गर्ने तथा बाइब्याक ग्यारेन्टीलाई सरलीकृत गर्दै लैजाने मेरीगोल्डको प्रतिबद्धता रहेको छ । सुनचाँदी तथा गरगहना व्यवसायलाई विश्वसनीय बनाउन मेरीगोल्ड सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

मेरिगोल्ड सुनचाँदी विक्री गर्ने देशकै पुरानो संस्था मध्येमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij