२०८३ साउन ९ शनिबार

महासंघको प्रतिनिधिमण्डल र उद्योग विभागका महानिर्देशक बीच भेटवार्ता

ई आर्थिक    मंगलबार, माघ २७ २०७७
6.8K
Shares
महासंघको प्रतिनिधिमण्डल र उद्योग विभागका महानिर्देशक बीच भेटवार्ता

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यको नेतृत्वमा गएको समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले उद्योग विभागका महानिर्देशक जीवलाल भुषाल समक्ष आज उद्योग विभागमा भेटगरी उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल ग¥यो । सो अवसरमा सभापति आचार्यले महासंघको उद्योग समितिका कार्य क्षेत्र एवं समितिका आगामी कार्ययोजना वारे जानकारी गराउनु भयो ।

भेटवार्तामा महासंघका तर्पmबाट कोभिड प्रभावित उद्योगहरूलाई पुनरउत्थान र पुनसंचालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता परेकाले त्यसको कार्यन्वयनका लागि सहजिकरण गरिनु पर्ने, उद्योगको लागि आवश्यक जग्गा प्राप्तिलाई सहज गरिनु पर्ने, एकल बिन्दु सेवाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, स्वदेशी उद्योगको संरक्षण गर्न सार्वजनिक खरिद नियमावलीको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने, उद्योगका लागि आवश्यक पूर्वाधारहरूको सरल र भरपर्दो व्यवस्था हुनु पर्ने, जनशक्ति विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्नु पर्ने, औद्योगिक व्यवसाय ऐन कार्यान्वयन गर्ने सम्बन्धमा देखापरेका व्यवहारिक एवं संस्थागत कठिनाईहरूका बारेमा उद्योग बिभाग र महासंघका बीच कार्यदल गठन गरी सुझाव संकलन गर्ने तथा उद्योग क्षेत्रको संख्यात्मक एवं गुणात्मक अध्ययन गर्न आवश्यक रहेकाले त्यसका लागि आपसी सहकार्य गर्ने लगायतका सुझाव राखिएको थियो ।

सो अवरसरमा उद्योग उद्योग विभागका महानिर्देशक भुषालले महासंघसंघ नजिकमा रहेर कार्य गर्न विभाग तयार रहेको र महासंघले उठाएका इस्यूहरूलाई संवोधन गर्दै जाने विश्वास दिलाउनु भयो । साथै महानिदेशक भुषालले एकल विन्दू सेवालाई प्रभावकारी बनाउन छाता ऐन आवश्यक भएकाले महासंघबाट अर्थपूर्ण सहयोगको अपेक्षा गरेको पनि बताउनु भयो । उद्योगहरूको संख्यात्मक र गुणात्मक अध्ययन गर्ने कार्यका लागि महासंघले राखेको प्रस्तावलाई विभागको तर्फबाट पूर्ण समर्थन जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij