२०८३ साउन ९ शनिबार

सरकारका सचिव सुरेश आचार्यको गीति संग्रह ‘तिम्रो प्रेरणाले’ सार्वजानिक

ई आर्थिक    आइतबार, पौस १२ २०७७
9.4K
Shares
सरकारका सचिव सुरेश आचार्यको गीति संग्रह ‘तिम्रो प्रेरणाले’ सार्वजानिक

ई–आर्थिक, काठमाडौं । सुरेश आचार्यको गीति संग्रह ‘तिम्रो प्रेरणाले’ सार्वजनिक भएको छ । नेपाल सरकारका सचिव समेत रहेका आचार्यको उक्त गीति संग्रह केही समय अघि राष्ट्रिय नाचघर जमलमा आयोजित एक विशेष समारोहवीच सार्वजनिक भएको थियो ।

उक्त गीति संग्रहमा ७ वटा गीत समावेश गरिएको छ । यसमा विपिन घिमिरेले संगीत दिएका छन् भने नरेन्द्र प्यासी, सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रमोद खरेल, विपिन घिमिरे, अन्जु पन्त र अस्मिता अधिकारीले विभिन्न गीतमा आफ्ना आवाज दिएका छन् ।

उक्त गीति संग्रह तत्कालिनको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले विमोचन गरेका थिए । कार्यक्रममा गीतका साथै म्युजिक भिडियो पनि प्रस्तुत गरिएको थियो ।

सो कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले पठाएका शुभकामना मन्तव्य वाचन गरेर सुनाइएको थियो ।

सो कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, संगीत नाट्य एकेडेमीका कुलपति नारायणभक्त श्रेष्ठ, गीतकार संघका अध्यक्ष चुडामणी देबकोटा, संगीतकार टीका भण्डारी, गायक प्रमोद खरेलले आ–आफ्नो मन्तव्य राखेका थिए ।

पूर्वमन्त्री एवं गीतकार एसपी कोइराला र पूर्व मूख्य सचिव एवं गीतकार बिमल कोइरालाले गीतमाथि टिप्पणी गरेका थिए । उक्त गीतमाथि टिप्पणी गर्दै कोइरालाद्वयले मर्मस्पर्सी गीतहरुलाई बडो मेहनत गरेर तयार गरेको भन्दै गीतकार आचार्यको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij