२०८३ साउन ९ शनिबार

कुलमानलाई नै प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रस्ताव तयार, उर्जा मन्त्रालयले चाँडै मन्त्रीपरिषद्मा पेश गर्ने

ई आर्थिक    आइतबार, भाद्र २८ २०७७
18.3K
Shares
कुलमानलाई नै प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रस्ताव तयार, उर्जा मन्त्रालयले चाँडै मन्त्रीपरिषद्मा पेश गर्ने

विद्युत प्राधिकरणमा कुलमानको कार्यकाल सकियो

ई–आर्थिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुन कुलमान घिसिङलाई नै बनाउने प्रस्ताव उर्जा मन्त्रालयले तयार पारेको छ । उक्त प्रस्तावलाई चाँडै नै उनलाई पुनः कार्यकारी निर्देशकमा नियुक्तीका लागि चाँडै नै मन्त्रीपरिषदमा पेश हुने उर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।  ऊर्जामन्त्री वर्षमान कुलमानको कार्यकाल थप गर्ने सम्बन्धी प्रस्ताव तयार भइसकेको पनि स्रोतले जानकारी दिएको छ । खुला प्रतिस्पर्धाबाट ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएको घिसिङको म्याद यही भदौ २९ गते कार्यकाल सकिएको छ ।

चौतर्फी चाहाना कुलमानकै पक्षमा भएकाले सरकारमा रहेका सीमित व्यक्तिहरुले उनको ठाउँमा अन्य व्यक्तिलाई ल्याउने प्रयास असफल प्रायः निश्चित जस्तै भएको छ । उनको म्याद थप्ने बारेमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरिसकिएको स्रोतले जानकारी दिएको छ । प्रचण्डकै जोडबलले पनि ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानको म्याद थपको प्रस्ताव अगाडि बढाउन निर्देशन दिएको स्रोतको दाबी छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुलमानको म्याद थप गर्ने विषयमा मौन जस्तै रहेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीलगायत अन्य नेकपाका केही व्यक्तिहरु कुलमानको विकल्प खोज्ने मनस्थितिमा रहेका थिए । उद्योगीहरुको एक भेटमा समेत प्रधानमन्त्रीले कुलमानलाई कुनै पनि हालतमा कुलमान कार्यकारी निर्देशकको कार्यकाल नथप्ने बताएको स्रोतले ई–आर्थिकलाई बताएको थियो ।

प्रधानमन्त्री ओलीलगायतले घिसिङको विकल्पमा बिद्युत बिकास बिभागका महानिर्देशक नबीन सिंह र पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीलाई बनाउन खोजिरहेको स्रोतले यसअघि बताएको थियो ।

घिसिङकै नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएपछि नेपालमा लोडसेडिङ हट्नुका साथै घाटामा रहेकोे प्राधिकरणलाई उल्लेख्य नाफामा लैजान सफल भएका थिए ।
घिसिङको कार्यकालमा उल्लेख्य प्रगतिका साथै लोडसेडिङ मुक्त भएकाले पनि सर्वसाधारणले यसमा ठूलो चासोका साथ हेरेका थिए । सर्वसाधारणहरुले कुलमानलाई पुनः नियुक्ती नदिने नेतालाई जनताले राम्रै पाठ सिकाउने सामाजिक सञ्जालहरुमा चेताबनी दिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij