ई-आर्थिक, काठमाडौं। पछिल्लो समय लगातार बढेर अकासिएको सुनको भाउमा पछिल्लो दुई दिन भने सामान्य गिरावट आएको छ । सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार भने तोलाको १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो ।
यस्तै चाँदी पनि घटेर सोमबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी तोलामा १४१० रुपैयाँमा कारोबार भएको थियो ।